ओलीले बोलाए संसदिय दलको बैठक

ओलीले बोलाए संसदिय दलको बैठक

काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। पार्टीभित्र विवाद बढ्दै गएको अवस्थामा ओलीले बिहीवार दिउँसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् ।

सूर्य चिह्नबाट चुनाव लडेका सबै सांसदलाई बैठकमा बोलाइएको सांसद विशाल भट्टराईले जानकारी दिए । प्रतिनिधिसभाको बैठक प्रभावित भइरहेकाले कसरी बैठकलाई नियमितता प्रदान गर्ने भन्ने विषय पार्टीका अन्य विषयमा छलफल हुने पनि भट्टराईले बताए ।

राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको माधव नेपाल–झलनाथ खनाल पक्ष भने बैठकमा जानेरनजाने टुङ्गो छैन । प्रधानमन्त्री ओलीले गुटका भेला नगर्न र आफूहरूले बोलाएका बैठकमा सहभागी नभए कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।

बिहीवारको संसदीय दलको बैठकमा माधव–झलनाथ समूहका सांसद उपस्थित नभए कारबाहीको प्रस्ताव पेस हुन सक्ने ओली पक्षीय एक नेताले बताएका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.