च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको छ। बुधबार राति अन्तिम १६ को अन्तिम २ खेलको नतिजा आएसँगै क्वार्टरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो।

अन्तिम आठमा इंग्ल्यान्डका सबैभन्दा बढी तीन टिम पुगेका छन्। यस्तै जर्मनीका दुई टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। पोर्चुगल, स्पेन र फ्रान्सका एक-एक टिममा पनि अन्तिम १६ मा पुगेका छन्। साविक विजेता वार्यन म्युनिखले इटालियन क्लब लाजियोलाई पछि पार्दै अन्तिम आठमा स्थान बनायो।

यस्तै इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एटलान्टा र इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखलाई हराएर अन्तिम आठमा स्थान पक्का गरे।

यसैगरी पोर्चुगिज क्लब पोर्टोले इटालियन क्लब युभेन्ट्सलाई, जर्मन कलब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियालाई, इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब लाइपजिगलाई र फ्रेन्च क्लब पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरे।

अन्तिम आठमा पुग्ने टिमको ड्र शुक्रबार हुनेछ।

 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *