न्युनताम सेवा मापदण्डमा अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट

न्युनताम सेवा मापदण्डमा अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट

अर्घाखाँची । न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सरकारी अस्पतालमा अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै पहिलो बनेको छ ।

अर्घाखाँची अस्पतालले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard) मा लुम्बिनी प्रदेशकै प्रथम नतिजा प्राप्त गरेको मुल्यांकन तथा समिक्षा गोष्ठी कार्यक्रममा जानकारी गराइएको हो। लुम्बिनी प्रेदशको पहिलो तथा नेपालकै तेस्रो अस्पताल बन्न सफल भएको हो । न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत नतिजा प्राप्त गरी लुम्बिनी प्रदेशकै पहिलो स्थानमा आउन सफल भएको हो । ५० शैयाको मान्यता पाईसकेको अस्पताल मापदण्ड पुरा गर्नेमा नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा पर्न सफल भएको हो ।

अस्पतालले अहिले आइसियु सेवा, थाइराइड मेसिन जडान सेवा, फिजियो थेरापी, क्षयरोग पत्ता लगाउने जिन एक्सपर्ट मेसिन जडान, गर्भवती महिलाहरुको अप्रेसन सेवा प्रदान गर्दै आइरहेको छ। आईसियु, भेन्टिलेटर सहित सुविधायुक्त भवन, स्तरिय प्रयोगशाला, विशेषज्ञ चिकित्सक लगायतका सेवा हरु थप भएका छन् । अस्पतालले सुरक्षित गर्भपतन सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, ल्याब, अनलाईन रजिष्ट्रेशन काउन्टर, सामाजिक सेवा ईकाई, चौबिसै घन्टे ल्याब र एक्सरे सेवा, इमरजेन्सी सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालको व्यवस्थापन चुस्त दुरुस्त राख्न सिसी क्यामेरा जडान, ईन्टरकम, सफ्टवेयर मार्फत ओपिडी टिकट काट्ने व्यवस्था र सबै खाले आर्थिक गतिविधी कम्प्युटर मार्फत गर्न थालिएको प्रमुख गौतमले जानकारी दिए । दन्तसेवा लगायत फिजियोथेरापीका नयाँ सेवाहरु सुचारु भईसकेको पनी अस्पतालले जनाएको छ । यसका अलावा असपताल परिसरमै चमेनागृह (क्यान्टिन) सञ्चालन, डिजिटल बोर्ड, सुरक्षा गार्डको पनी व्यवस्था गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कपिल गौतमले सबैको सहयोगले मात्र यो सम्भव भएको बताए । ‘आज हामीले मेहनतको फल पाएका छौं । हामी धेरै खुशी छौं,उनले भने,‘सबैको सहयोगले यो सम्भव भएको हो, सबैप्रती धन्यवाद व्यक्त गर्दछु ।’ अस्पताललाई यहाँ पुर्‍याउन सहयोग गर्ने सबै जिल्लावासीलाई उनले धन्यवाद दिएका छन् । कार्यक्रममा अस्पतालमा उत्कृष्ट काम गरेको भन्दै एमडीजिपी डा। सन्तोष न्यौपाने लगायतका स्वास्थकर्मीहरुलाई सम्मान समेत गरिएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *