टीकारपुरमा नाली खन्दा बम भेटियो, सेनाको टोली जाँदै

टीकारपुरमा नाली खन्दा बम भेटियो, सेनाको टोली जाँदै

टीकापुर । कैलालीको टीकापुर नगरपालिका-१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । सोमबार बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *