१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो। स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?