१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

काठमाण्डाै ।  पाँचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३-० को सेटमा हराउँदै उपाधि जितेको हो ।

च्याम्पियन बनेको हेल्प नेपालले एपीएफलाई २५-१४, २५-२० र २५-२२ को सोझो सेटमा हरायो । हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

उपाधिसँगै हेल्प नेपालले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पाएको छ । नेपाल भलिबल संघले गरेको प्रतियोगितामा पुरुषतर्फ सात टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?