१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रवार बस्ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ः०० बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, पौडेलले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?