८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

साउदी अरबले हजमा तीर्थयात्रीका लागि मापदण्ड तोक्यो, यसपालि ६० हजारलाई मात्रै अनुमति

एजेन्सी । साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको  छ । विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ ।  तर, हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् । त्यसैगरी हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ । गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरु हज जान पाउने छैनन् । यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ ।

आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?