१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

सवारी दुर्घटनामा अर्घाखाँची शितगंगाका एक जनाको मृत्यु

अर्घाखाँची । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१, भेलाइमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।

गोरुसिङ्गे-अर्घाखाँची सडकखण्डको भेलाइमा गोरुसिङ्गे देखि अर्घाखाँची आउँदै गरेको लु २३ प १९३६ नम्बरको मोटरसाइकल र अर्घाखाँची देखि गोरुसिङ्गेतर्फ जाँदै गरेको लु ३ च १५ १९ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर-१२, सिमलपानीका ३२ वर्षिय रामु बिसी रहेका छन् ।

अहिले गाडी र चालक प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । मृतकको शव पोस्टमार्टमका लागि तैलिहवा पठाइएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (83%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (6%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?