१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची । लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्क नगरपालिकामा सम्पन्न भएको छ ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा डेक नेपाल बाकेको सहयोगमा सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधी र महिला वाललालिका शाखा लगायतका सरोकारवालाहरुको बीचमा कार्यशाला सम्पन्न भएका थियो । कार्यक्रममा लैङ्गिक समानता तथा समाजिक समावेशीकरण, लैङ्गिक उत्तरदायी बजेट, योजनामा समावेशीता, योजना मूल्यांकन लगायतका बिषयमा छफल गरिएको थियो ।

कार्यशालामा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले कार्याशालाबाट उठेका सवाल तथा सुझावको कार्यान्वयन गर्दै लगिने प्रतिबद्धता जनाए । भुसालले नगरपालिकाले सबै बर्ग तथा समुदाय र सम्प्रदायको मुद्धामा सम्बेदनशील रहेको पनि बताएका छन ।

नगरउपप्रमुख ठाकुर कुमा बि.क ले कार्यशालामा उठेका महत्वपूर्ण सवाल र हालको अवस्थाको दस्ताबेजीकरण गरेमा नगरपालिकाको दीर्घकालिन सम्बृद्धिका लागि महत्वपूर्ण फाइदा पुग्ने बताए । बि.क ले लैङ्गिक समानता तथा समाजिक समावेशीकरणलाई अबलम्बन गरेर अगाढि बढ्ने बताए ।

कार्यक्रममा संस्थका हेमकुमार राउतले सहजीकरण गरेका थिए । कार्यक्रम राष्ट्रिय अपांगता महासंघका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत गोमा पन्थी र डेक नेपालका पुनिता पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?