८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

असार १५ सम्म लम्बियो अर्घाखाँचीमा निषेधाज्ञा

अर्घाखाँची । कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको भन्दै अर्घाखाँचीमा जारी निषेधाज्ञा असार १५ गते मङ्गलवार राती १२ बजेसम्मका लागि थपिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठक बसी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलद्वारा जारी सुचनामा उल्लेख छ ।

यस अघि किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो १ बजेसम्म खुल्दै आएकोमा भोलिदेखि होटल, रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

विद्यालय, कलेज, तालिम केन्द्र, होटल, रेष्टुरेन्ट, शैलुन पसलहरु पूर्णरुपमा बन्द रहने छन् । त्यस्तै मन्दिर तथा धार्मिक स्थलहरुमा पनि नित्यपुजा बाहेक अन्य गतिविधिमा समेत रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?