१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीमा सक्रिय संक्रमित दुईसय भन्दा कम, निषेधाज्ञा हट्न सक्ने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या दुईसय भन्दा कम भएको छ । दोस्रो लहरको कोरोना संक्रमण पछी पहिलो पटक यो संख्या दुई सय भन्दा तल झरेको हो ।

सक्रिय संक्रमित घट्दै जाँदा निषेधाज्ञा हट्ने सम्भावना पनी बढेको छ । नेपाल सरकारले सक्रिय संक्रमित दुईसय नाघेमा निषेधाज्ञा लगाउन सक्ने प्रावधान राखेको छ । शुक्रवार २० जना कोरोनामुक्त भएसंगै सक्रिय संक्रमितको संख्या १ सय ८५ छ । अर्घाखाँचीमा हालसम्म २ हजार पाँचसय जनामा संक्रमण पुष्टी भएकोमा २ हजार दुईसय ५० जनाले संक्रमणलाई परास्त गरेका छन् । कोरोना संक्रमणका कारण अर्घाखाँचीमा हालसम्म ६५ जनाले ज्यान गुमाएका छन् ।

निषेधाज्ञा हटाउने विषयमा जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीले निर्णय गर्ने सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । हाल असार १५ गतेसम्म निषेधाज्ञा जारी नै रहेको उनले बताए । त्यसपछी डिसिसिएमसीको बैठक बसेर कुनकुन क्षेत्र खुलाउने भन्ने बारे निर्णय गरिने खनालले बताए । पुर्णत खुल्ने सम्भावना कम रहेको भन्दै उनले सिमाहरु निर्धारण गरिने बताए । संक्रमित घट्दै गएपनी जोखिम कायमै रहेकाले सचेतना अपनाउन उनले आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?