८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

आहतमा राहत: कांग्रेस नेतृ भुसालद्वारा खाद्यान्न र स्वास्थ्य सामग्री वितरण

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । कांग्रेस नेतृ पुष्पा भुसालले अर्घाखाँचीमा खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।

पहिरोमा परेर विस्थापित भएका घर परिवारलाई खाद्यान्न सामग्री सहित अर्घाखाँची अस्पताल र पालिकाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । शनिवार नेतृ भुसालले अर्घाखाँची अस्पतालका लागि १० लिटर क्षमताका दूई वटा अक्सिजन कन्सर्ट्रेटर मेसिन, मास्क र सेनिटाइजर, ठाडा प्राथमिक स्वास्थ्य केन्द्र र बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागी अक्सिजन कन्सर्ट्रेटर मेसिन, मास्क, सेनिटाईजर तथा जिल्लाका चार स्थानियतह र नेपाल पत्रकार महासंघलाई मास्क तथा सेनिटाइजर वितरण गरेकी हुन् ।

नेपाली कांग्रेस संसदिय दलका सचेतक समेत रहेकी भुसालले पहिरो पिडित तथा विपदमा परेका घरपरिवारलाई वितरण गर्नेगरी खाद्यान्न सामग्री समेत प्रदान गरेकी छिन् । खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गर्दै नेतृ भुसालले आफु जिल्लावासीको विषयमा चिन्तित रहेको बताईन् । कोरोनाले थिचोमिचोमा परेका र पहिरोले घरबार विहिन भएका परिवारलाई उचित व्यवस्थापन गरिने उनले बताईन् । ‘कोरोनाको कहर त छँदै थियो, बाढी पहिरोले थप दुख दिएको छ, उनले भनिन्,‘स्थानियतह देखी हामी सबै लागेर नागरिकका समस्या हल गर्ने छौं ।’ जिल्लामा परेको समस्यामा थोरै भएपनि मलमपट्टी लगाउने उदेश्यले स्वास्थ्य सामग्री र खाद्यान्न प्रदान गरेको नेतृ भुसालको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षता र कांग्रेसका क्षेत्रीय सभापती अच्युत गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल (मुस्कान), पुर्व सभापति तथा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उपप्रमुख ठाकुर कुमार बिक, भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासे, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, पार्टी सचिव बिष्णु भुसाल, महासमिती सदस्य केशव श्रेष्ठ, शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे, कांग्रेस प्रचार विभाग प्रमुख माधव पौडेल, मालारानी-३ का अध्यक्ष शोभाखर खनाल, शितगंगा-१२ का वडाअध्यक्ष बाबुराम गैरे, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (70%)
  • दुःखी (0%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (3%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?