१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

देउवा निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

काठमाण्डौ । कांग्रेस सभापती शेरबहादुर देउवाले आज पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सम्बन्धमा छलफल हुनेछ ।

क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका क्रममा देखा परेका समस्या सुल्झाउन मापदण्ड तयार पारिसकेको छ । पदाधिकारी बैठकले सो मापदण्डलाई अन्तिम रुप दिनेछ । आज दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बस्दैछ ।

१४ औँ महाधिवेशनका लागि ८ लाख भन्दा बढी क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छ । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । २५ भन्दा बढी जिल्लाबाट धेरै नै विवादित उजुरी परेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?