१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बेलायतका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा, कारण यस्तो छ !

एजेन्सी । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी मागेका छन् ।

सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् । बेलायतमा कारोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण पाइएको छ भने यो अवधिमा थप २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?