८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउन

एजेन्सी । कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगमी सोमबारबाट शुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो । बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी हालै दिएका थिए ।

उहाँका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् । बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?