१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

कांग्रेस नेता चन्द्र भण्डारीका भाईको कार दुर्घटनामा निधन

बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो ।

उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाई समेत हुन् । वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीलाई भने चोटपटक नलागेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए । उक्त सडक खण्डमा नयाँ चालक भएकाले सडकको अवस्था राम्रोसँग जानकारी नहुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गरेका भण्डारी अहिले त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?