१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी । युरोपका विभिन्न ११ शहरमा चलिरहेको १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै बाहिरिएका छन् ।

अन्तिम आठका खेलहरु आउँदो शुक्रबारदेखि सुरु हुनेछ । शुक्रबार राति ९ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्ड–स्पेन शुक्रबार राति १२ बजेर ४५ मिनेटमा बेल्जियम–इटाली शनिबार राति ९ बजेर ४५ मिनेट चेक रिपब्लिक–डेनमार्क शनिबार राति १२ बजेर ४५ मिनेटदेखि युक्रेन–इंग्ल्यान्डबीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?