१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बालिका बलात्कार गरेर फरार एकजना सन्धिखर्कबाट पक्राउ

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सन्धिखर्क नगरपालिका-७, फुदबाङ्गमा एक बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका सन्धिखर्क-७ कै लामीडाडाका अन्दाजी २२ वर्षीय रमेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। जंगलमा टाउकोमा चोटसहित अचेत अवस्थामा भेटिएकी बालिकालाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको थियो। घटनाको अनुसन्धान गर्दा बालिकाले आफुलाई जबरजस्ती गरी कुटपिट गरेर अचेत अवस्थामा छाडेर भागेको बताएपछि प्रहरी परिचालन गरी नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले बताए।

फरार रहेको १२ घण्टामै स्थानीय जंगलबाट पक्राउ परेका उनलाई करणी सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता गरी अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खनालको भनाई छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (67%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?