८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

अर्घाखाँचीमा पत्रकारहरुको क्षमता बिकास सम्बन्धी ५ दिने तालिम सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा नेपाल पत्रकार महासंघको आयोजना र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा पत्रकारिता प्रबर्द्धन तथा क्षमता बिकास सम्बन्धी तालिमको समापन भएको छ ।
पाँच दिनसम्म संचालित उक्त तालिममा जिल्लाका सक्रिय पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
तालिमको क्रममा प्रशिक्षकहरु कुशल भुसाल , बिरेन्द्र के सी, हृदय भुसालले लेखनशैलिको बिकास , समाचार प्रभावकारिता , निश्पक्षता , बिषयको उठान , सुचनाको हक , पत्रकार आचारसंहिता जस्ता कुराहरु प्रशिक्षार्थीहरुलाइ सिकाएका थिए ।
पत्रकारहरुमा हुनुपर्ने गुण , आबस्यक कुराहरुको सामान्य जानकारिहरुलाइ पनि पुनर्ताजगी गराउदै भब्यरुपमा सम्पन्न तालिममा सहभागी पत्रकारहरुले पनि तालिम समग्रमा फलदायी भएको प्रतिकृया जनाएका छन ।
जिल्लामा सक्रिय पत्रकारहरुको क्षमता बिकासको लागि आगामी दिनमा पनि महासंघ अर्घाखाँचीले यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिदै जाने सहभागी हरुले आशा ब्यक्त गरेका छन।
समापन कार्यक्रममा प्रमुख अथितिको रुपमा उपस्थित सन्धिखर्क नगरपालिकका उपप्रमुख ठाकुर कुमार बिकले सन्धिखर्क संगै समग्र अर्घाखाँची जिल्लाको पत्रकारिता बिकासमा सन्धिखर्क नगरपालिका सधै साथ दिन र सहयोग गर्न तयार रहेको बताए ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?