८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मालारानी गाउँपालिकामा ५४६ जनालाई १०० दिनको रोजगारी

२३ असार, २०७८ / अर्घाखाँची पोष्ट संबाददाता

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.ब. ०७७।७८ मा मालारानी गाउँपालिकामा ५४६ जनाले १०० दिनको रोजगार पाएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आ.ब. ०७७।७८ मा सशर्त अनुदान मार्फत मालारानी गाउँपालिकालाई प्राप्त २ करोड ८२ लाख ३४ हजार रकमबाट रोजगार सेवा केन्द्रमा सुचिकृत २५१२ जना बेरोजगार व्यक्तिहरु मध्ये ५४६ जनालाई दैनिक रु ५१७ ज्याला दिई १०० दिनको रोजगार प्रदान गरिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले जानकारी दिनुभयो ।

मालारानी गाउँपालिकाका ९ ओटै वडामा नयाँ मोटरबाटो निर्माण आयोजना, गोरेटो बाटो निर्माण तथा मर्मत आयोजना, पर्यटकीय स्थल पदमार्ग तथा सिढी निर्माण आयोजना, मन्दिर निर्माण आयोजना, खानेपानी पाइपलाइन निर्माण आयोजना लगायतका ४४ ओटा आयोजनामा ५४६ जना श्रमिकले १०० दिन काम गरेको र काम सम्पन्न पश्चात सम्पुर्ण श्रमिकको बैक खाता खोली रकम समेत भुक्तानी गरिएको मालारानी गाउँपालिकाका रोजगार संयोजक महेश भुसालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
  • खुसी (64%)
  • दुःखी (0%)
  • अचम्मित (18%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (18%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?