८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

टोपबहादुर रायमाझी लगायतका नेता निर्वाचन आयोगमा

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरू निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदनमा आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायत नेताहरू आयोग पुगेका हुन् ।

उनीहरुले अस्ति महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै कारबाही फिर्ता गर्नुपर्ने माग गर्दै आयोगमा निवेदन दिएका थिए । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लायतलाई कारबाही गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?