१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

सन्दीप लामिछाने इंग्ल्यान्ड गए

एजेन्सी । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने इंग्ल्यान्ड गएका छन्। उनी गएराति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

इंग्ल्यान्ड पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन्। द हन्ड्रेड क्रिकेटमा उनी ओभल इन्भिन्सिबलमा आबद्ध छन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि सुरु हुँदैछ।

लामिछाने सम्मिलित टिम ओभलले उद्घाटन खेल म्यानचेस्टरसँग खेल्नेछ। सो प्रतियोगिता इंग्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो। यसअघि बेलायतको भिसा समयमै नपाउदा सन्दीपले पहिलो पटक टी-२० ब्लास्ट खेल्ने अवसर गुमाएका थिए। सन्दीप टी-२० ब्लास्टमा वर्सेस्टसायर र्‍यापिडमा आबद्ध भएका थिए। सन्दीपले टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए। तर भिसा ढिलो गरी पाउँदा टी(२० ब्लास्ट खेल्न जान ढिलाइ भएको थियो।

गत वर्ष हुने भनिएको द हन्ड्रेड प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?