८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

एएफसी एसियन कप छनोट: नेपाल समूह ‘बी’ मा

एजेन्सी । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले आज शुक्रवार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । समूह ‘बी’ को छनोट खेल आउँदो अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तान र अन्तिम खेल लेबनानसँग खेल्नेछ । छनोटमा रहेका ११ समूहका शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्ने छन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि छनोट हुने छन् उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता-२०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?