लक्ष्मण घिमिरे ।
अर्घाखाँची । छत्रदेव गाउापालिका चर्चामा आईरहने नाम हो । कुशल नेतृत्व र अब्बल कार्यसम्पादनाका हिसाबले चिरपरिचित नाम हो छत्रदेव गाउँपालिका । बेलाबेला कामको तुलनामा प्रचार बढी भयो भनेर आलोचना नहुने गरेको होईन । तर, केन्द्रिय राजनिती खिचातानी र असक्षम नेतृत्वले विचलित जनताको नजरमा यो गाउँपालिका भने केही फरक छ । तुलनात्मक रुपमा यहाँका वासिन्दा त्यो वितृष्णा बाट गुज्रिनु परेको छैन ।
सँधै अब्बल गर्न प्रयासरत, केही नौलोपना थप्न उद्दत, यहाँ त भएको छ है भनेर आषातित जनताको दृष्टीमा यो पालिकाले निराशा थपेको छैन । पहिलो खरका छानामुक्त गाउँपालिका बनाउनेदेखी शुन्य बेरुजु सम्मका परिदृष्य ताजै छन् । निशुल्क सोलर बत्ती वितरण, पानीट्याङ्की वितरण, खेलमैदान, निशुल्क प्राविधिक शिक्षा लगायत दर्जनौं सम्झन लायक कार्य यो पालिकाले पुरा गरेको छ । यद्दपी जनाताका चहाना, आकांक्षा, अभिलासा असिमित् छन् । ति क्रमश पुरा गर्नुपर्ने पालिका र जनप्रतिनिधीको दायित्व हो ।
देख्दा र सुन्दा सामान्य लाग्छ । तर, सुसासन कायम गर्ने कुरामा पनी गाउँपालिका अग्रपङक्तीमै छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को भुक्तानी बन्द गरेको छ । गाउँपालिकाले आज एक विज्ञप्ती जारी गर्दै भुक्तानी निकासा बन्द (क्लोजिङ) गरेको जनाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम २ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा ७ दिन अगाडिनै भुक्तानी दिएर निकासा र खर्च अद्यावधिक गरी भुक्तानी र निकासा बन्द गर्नुपर्ने व्यवस्थाअनुसार आज असार २५ गतेदेखि बन्द आर्थिक गतिविधी बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिए । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत हुने भुक्तानी बाहेक सबै सेवा बन्द गरिएको उनले बताए ।
सुशासन कायम गर्ने भनेर नारा घन्क्याउने तर व्यवहारमा लागु गर्न नसक्नेलाई उदाहरणिय भएको पालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । ‘हामी आर्थिक सुशासनका कुरा गर्छौ, पारदर्शिताका कुुरा गर्छौ, अध्यक्ष पोख्रेलले भने,‘हामीले त्यो लागु गर्न सक्दैनौं ।’ कानुनले निर्दिष्ट गरेका कुरा पालना गर्नुपर्ने उनको भनाई छ ।
गाउँपालिकाले यसअँघी तोकिएको समयसीमामा भुक्तानी लिन र भुक्तानी नभए कार्यालय जवाफदेही नहुने सुचना जारी गर्दै आएको थियो। पालिकाले शुक्रबारबाट भुक्तानी निकासा बन्द गरेको जनाएको हो । यसले सुसासनको दिशामा पालिका आगाडी छ भन्ने दर्शाउँछ ।