१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँची प्रहरी सक्रिय, नियम विपरित गर्नेलाई कारवाही

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । निषेधाज्ञाका बेला तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । चर्को भाडा लिएको गुनासो आएपछी जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाईएपछी उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो ।

प्रहरीले तिन वटा हाईस, दुई वटा बस र एउटा जिपलाई निश्चित दररेट भन्दा बढी भाडा लिएको भन्दै कारवाही गरेको हो । ६ वटा सवारीहरुलाई नियन्त्रणमा लिई तोकिएको भन्दा बढी भाडा फिर्ता गर्न लगाईएको र जनही १ हजार ५ सयका दरले जरिवाना समेत तिराईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए । ‘तोकिए भन्दा बढी भाडा फिर्ता गराईने भएको छ,उनले भने,‘अब उप्रान्त तोकिएभन्दा बढी भाडा नलिने भनी यातायात व्यवसायीसंग सम्झौता पनी भएको छ ।’ कतै अनियमितता भए खबर गर्न उनको आग्रह थियो ।

प्रहरी कार्यालय परिसरमा स्थानिय जनप्रतिनिधी, यातायात व्यवसायीका पदाधिकारी लगायतको उपस्थितीमा चालक तथा सहचालकहरुलाई प्रशिक्षण एवं ट्राफिक नियमका बारेमा सु-सुचित समेत गराईएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले करिब ८ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । विशेष सुचनाको आधारमा सन्धिखर्क नगरपालिका१का विभिन्न ठाँउबाट रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयार भएको ७९५ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?