८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

भोली बिहान ८ बजे एमालेका लागि सुखद् समाचार आउँछ: सुवास नेम्वाङ

काठमाण्डौ । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले पार्टीभित्र देखिएको विवाद टुंगिएको बताउँदै भोलि विहान ८ बजे सुखद् समाचार सुन्न पाउने बताएका छन्।

कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुलाई उनले सो जानकारी दिएका हुन्। उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठकले विवादका विषयमा टुंगो लगाएको बताउँदै टुंगो लगाएको विषय भोलि  विहान ८ बजेपछि सार्वजनिक गर्ने बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट वार्तामा सहभागी उनले कार्यदलले निक्कै मिहेनत गरेको बताउँदै काम टुंग्याए बराबर भएको बताए। ‘सबैकुरा भोलि बिहान थाहा हुन्छ, भोलि विहान सुखद् समाचार सुन्न पाउनुहुनेछ।’ उनले भन। वार्तामा भएका सहमतिको विषय र वुंदाहरु भोलि विहान सार्वजनिक गर्ने कार्यक्रम तय गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?