१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

केन्द्रीय सदस्य कल्याण गुरुङकाे कांग्रेस सभापति पदमा दावी

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले १४ औं महाधिवेशनमा सभापति पदमा दावी गरेका छन् ।

यद्यपि अधिकांशले उनको उम्मेदवारी मैदानसम्मै कायम रहनेमा शंका गर्ने गरेका छन् । गुरुङ भने पार्टीमा नेतृत्व हस्तान्तरण, पुस्ता हस्तान्तरण वा परिवर्तनको पक्षमा हुनेहरूले आफूलाई सहयोग गर्नुपर्ने बताउँछन् ।

‘हामीले अरुको सहयोगी भएर होइन आफैं अगाडि बढेर सन्देश दिनुपर्छ । मैले सभापतिमा उम्मेदवारी दिँदैछु, अरु युवा साथीहरू पनि यसमा जोडिनुपर्‍यो । कि मभन्दा योग्य साथीले आएर उम्मेदवार बन्नुपर्‍यो होइन भने मलाई सघाउनुपर्‍यो’, गुरुङले भने । पार्टीभित्र आफू अपवाद बन्न तयार रहेको भन्दै गुरुङले १४ औं महाधिवेशनले पार्टीभित्र न्याय र परिवर्तनको आभाष दिलाउन सक्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?