१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार व्यक्ति पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा कैद सजाय पाई फरार एक व्यक्ति पक्राउ परेका छन् । २०७३ साल बैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले उक्त व्यक्तिलाई ३ वर्ष १० महिना २८ दिन सजायको फैसला सनाएको थियो ।

अदालतको फैसला पश्चात भुमिकास्थान नगरपालिका वडा नं. ३ का तुल बहादुर बन्जाडे फरार भई भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोक भन्ने स्थानमा लुकिछिपि बस्दै आएका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर थापाले बताए ।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोली उनलाई असार २५ गते पक्राउ गरेको हो । अहिले उनलाई अर्घाखाँची जिल्ला अदालतको आदेश कैद भुक्तान गर्न लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?