८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

ओलीको दाबीमा तीन जनाको मात्रै हस्ताक्षर

काठमाण्डाै । आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दै राष्ट्रपति समक्ष दाबी पेस गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा तीन जना सांसदको हस्ताक्षर मात्रै बुझाएको पाइएको छ ।

गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभाको विघटन हुनुअघि प्रधानमन्त्रीमा दाबी पेस गर्दा केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत छ भने पनि तीन जनाले मात्रै ओलीको पक्षमा हस्ताक्षर गरेको भेटिएको अदालतले जनाएको छ । प्रधानमन्त्रीमा दाबी गर्दा केपी शर्मा ओलीका तर्फबाट स्वयम् केपी शर्मा ओली, राजेन्द्र महतो र महन्थ ठाकुरको मात्रै हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाइएको फैसलामा उल्लेख छ ।

तर नेपाली कांग्रेसका सभापतिको पक्षमा एमालेका २६ जनासहित एक सय ४९ जना सांसदले राष्ट्रपति समक्ष निवेदन दिएका थिए । एक सय ४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरे पनि राष्ट्रपतिले उहाँलाई नियुक्ति नदिनु अनौठो भएको अदालतको आदेशले जनाएको छ ।

प्रधानमन्त्रीमा ओलीको दाबी नपुगेको र देउवाको पक्षमा एक सय ४९ जना सांसदले हस्ताक्षर बुझाएकाले राष्ट्रपतिले त्यति बेलै संविधानअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्याे भन्ने पनि आदेशमा उल्लेख छ ।

सर्वाेच्चकाे आदेशकाे ११७ नम्बरमा भनिएकाे छ, ‘प्रस्तुत विवादको सन्दर्भमा हेर्दा विश्वासको मत हासिल गर्न नसक्ने भनी वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको अर्काे दिन नै प्रत्यर्थी प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ७ मा आफूमाथि एक सय ५३ जना प्रतिनिधि सभाका सदस्यको समर्थन रहेको भनी दाबी गरी संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा दाबी पेस गर‍का थिए। यसरी पेस गरिएको दाबी पत्रमा केपी शर्मा ओली, महन्थ ठाकुर र राजेन्द्र महतो गरी तीन जनाको मात्र सही भएको देखिन्छ । प्रतिनिधि सभाका अन्य सदस्यको समर्थन रहेको तथ्य प्रमाणित हुनै कुनै आधार पेस भएको देखिँदैन ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?