१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

छत्रदेव गाउँपालिकाको ११औं गाउँसभा तथा बर्खे बजेट अधिवेशन सम्पन्न

अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिकाको ११औं गाउँसभा तथा बर्खे बजेट अधिवेशन सम्पन्न भएको छ ।

असार ६ बाट सुरु भएको अधिवेशन असार २८ मा सम्पन्न भएको हो । सभाले निति तथा कार्यक्रम र बजेट स्वकृत गर्नुका साथै विभिन्न क्षेत्रका गरी आधा दर्जन कानुन समेत पास गरेको छ । यसरी पास हुनेमा बालबालिका सम्वन्धी ऐन,आर्थिक कार्याविधि व्यवस्थित गर्ने ऐन,बिपत जोखिम न्यूनिकरण ऐन र तालिम संचालन मापदण्ड ऐन रहेका छन ।

गाउँसभा व्यवस्थित र मर्यादित रुपबाट सम्पन्न भएको र कार्यान्वयन गर्न सकिने खालका योजना तथा कार्यक्रम छनोट गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७७÷०७८को लागि बिनियोजित सम्पूर्ण योजनाको भुक्तानी समेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?