१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीले पाउला फेरी मन्त्री ?

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नयाँ सरकार गठन हुने क्रममा छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरेपनि कसकसलाई मन्त्री बनाउने भन्ने बारे टुङ्गो लागिसकेको छैन ।

सबैदल बाट प्रतिनिधीत्व गराउनु पर्ने भएकाले देउवालाई कांग्रेसबाट मन्त्री छान्न सकस छ । राष्ट्रपति कार्यालयले साँझ ६ बजे सपथ ग्रहणका लागि देउवालाई बोलाएको छ। देउवाले कांग्रेसबाट दुई जनालाई आज मन्त्री बनाउन लागेका छन्। देउवानिकट एक नेताका अनुसार देउवाले आफ्नो तर्फबाट एक जना र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट एक जनालाई आफूसँगै मन्त्रीको सपथ खुवाउने तयारी गरेका छन्।

देउवा पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणमध्ये एक जनालाई आज मन्त्री बनाउने गरी छलफल भएको देउवानिकट एक नेताले बताए । महिलाबाट अर्घाखाँचीकी सांसद पुष्पा भुसालको नाम पनी अग्रपंक्तीमा छ । यस्तै पौडेल पक्षबाट मिनेन्द्र रिजाल र सञ्जय गौतममध्ये एक जनालाई मन्त्री बनाउने गृहकार्य छ। कोरोना महामारी रहेकोले स्वास्थ्य मन्त्री आवश्यक हुने भन्दै गगन थापालाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरे पनि आज उनी मन्त्री हुने सम्भावना कम छ।

अर्घाखाँचीले यसअँघी टोपबहादुर रायमाझीलाई पटक पटक मन्त्रीको रुपमा पाएको थियो । यसपाली कांग्रेसलाई सत्ता चलाउने अवसर मिलेको छ । नेपाली कांग्रेसकी प्रभावशाली नेता तथा प्रतिनिधीसभा सदस्य पुष्पा भुसालको पनी मन्त्री बन्ने प्रबल सम्भावना रहेको छ । राष्ट्रिय राजनितीमा प्रभावशाली महिला नेतृका रुपमा परिचित भुसाललाई देउवा निकट मान्ने गरिन्छ । अर्घाखाँचीवासीले पटक-पटक मन्त्री पाउँदा फेरीपनी जिल्लाले मन्त्री पाउनेमा यहाँका नागरिक आशावादी छन् ।

पटक-पटक यस क्षेत्रबाट प्रतिनिधित्व गरेकी नेतृ भुसालले मन्त्री बन्ने अवसर भने पाएकी छैनन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (92%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (8%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?