८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

सन्धिखर्कमा आज कृषि ज्ञान केन्द्रले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । यो वर्षका कार्यक्रमहरु र प्रगतीका विषयमा छलफल भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वयका सभापती पिताम्वर शर्मा, सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, प्रहरी नायब उपरिक्षक अम्बर बहादुर थापा, सशस्त्र प्रहरी बलका डिएसपी रामकृष्ण महर्जन, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख विनय चतुर्वेदी, पत्रकार महासंघ उपाध्यक्ष बिरेन्द्र केसी लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले व्यवसायिक कृषकहरुको क्षमतावृद्धि र बिकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालले झोला बोक्नेभन्दा व्यवसायिक कृषकको लागि लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा केन्द्रका प्रमुख राममिलन प्रसाद विश्वकर्माले अनुदान साँच्चै गर्नेहरुसम्म पुर्याउनका लागि कुनै कसर बाँकी नराखेको बताए । डुप्लिकेट काममा कुनैपनि हालतमा भुक्तानि नदिईएको उनको भनाई छ । कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख राम मिलन प्रसाद विश्वकर्माको अध्यक्षत र प्राविधिक बलराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?