१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

नाम्लोले बाँधेर कुटि-कुटी मार्ने अर्घाखाँचीका एक जना १४ वर्षपछी पक्राउ

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । हत्या गरेर फरार रहेका एक जना १४ बर्षपछी पक्राउ परेका छन् । पाणिनी गाउँपालीका वडा नम्बर-५, मैदानका २१ वर्षिय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोहस् गाउँपालिका घर भई हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो ।

२०६४ सालमा मृतक सुर्यवंशीको घरमै तिन जना मिलेर हत्या गरेका थिए । हत्यामा संलग्न अन्य दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाले जानकारी दिए । प्रहरी प्रमुख थापाका अनुसार मृतक सुर्यवंसीलाई पुर्व रिसीबीका कारण मिति २०६४ कार्तिक २६ गते घरमा खाना खान लागेको अवस्थामा तिन जनाले कुटपिट गर्न खोज्दा उनले प्रतिवाद गरेका थिए । उनी भाग्न खोज्दा तिनै जनाले घरको थाममा नाम्लोले बाँधी लाठी र घरेलु हथियारले हानेर फरार भएका थिए । शुर्यवंशीको घटनास्थमै शव फेला परेको थियो ।

अभियुक्तहरु मध्ये हुमबहादुर रास्कोटीलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर-१, उप्टहवा स्थित घरमा रहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपरासंग समन्वय गरि पक्राउ गरिएको प्रनाउ थापाले बताए । अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान भई रहेको र अन्य फरारहरुको खोजतलास भई रहेको पनी प्रनाउ थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (81%)
  • दुःखी (13%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?