८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

अफगानिस्तान असुरक्षित बनेका अनुवादकहरूलाई अमेरिकाले सुरक्षित ठाउँमा लैजाने

अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभासेका रूपमा सहयोग गरेका अनुवादकहरूलाई सुरक्षित ठाउँमा लैजाने भएको छ ।

अफगानिस्तानमा रहेका अमेरिकीसहितका सैनिक फिर्ताकाे क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरूका सहयोगीका रूपमा काम गरेका अनुवादकहरू जोखिममा आएका भन्दै चासो र चिन्ता थपिएको थियो ।

अनुवादकहरूले आफूहरूको सुरक्षा गरिदिन माग गरेका थिए । त्यहीअनुसार अमेरिकाले अनुवादकहरूलाई अमेरिका वा अरू कुनै देश पठाउने घोषणा गरेको छ । जोखिममा रहेका अनुवादकहरूलाई शरणार्थीका रूपमा लैजाने प्रक्रिया जुलाई अन्तिम हप्तादेखि सुरु हुने ह्वाइट हाउसले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सेना फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?