८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

अर्घाखाँचीमा कोरोना फैलदों, सबै नागरिक सचेत हुनुपर्ने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमणदर फेरी बढ्दै गएको छ । निषेधाज्ञापछी घट्दै गएको संक्रमणदर फेरी बढ्दै गएको हो ।

सोमवार एकैदिन ४७ जनामा संक्रमण पुष्टी भएको छ । गत एक सातामा १ सय ८० जनामा संक्रमण पुष्टी भएको छ । हिंजो आईतवार ९ जना, शनिवार २० जना, शुक्रवार १९ जना, बिहिवार १० जना, बुधवार ६ जना, मंगलवार ६३ जना, सोमवार ६ जनामा संक्रमण पुष्टी भएको थियो । गत एक सातामा १ सय ८० जना संक्रमित थपिदा ८६ जना मात्र निको भएका छन् ।

निषेधाज्ञा केही खुकुलो भएसंगै संक्रमणदर फेरी बढ्न थालेको छ । पछिल्लो एक साताको ‘कोरोना ग्राफले’ राम्रो संकेत नगरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । हालसम्म अर्घाखाँचीमा २ हजार आठसय ९२ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये २ हजार पाँचसय ४६ जना निको भईसकेका छन् । हाल जिल्लामा दुईसय ७८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण जिल्लामा हालसम्म ६८ जनाले ज्यान गुमाईसकेका छन् ।

जिल्लामा संक्रमणदर घट्दै गएपछी निषेधाज्ञालाई खुकुलो बनाईएको थियो । निषेधाज्ञालाई खुकुलो बनाईएसंगै भिडभाड बढ्दा जोखिम पनी बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयका प्रमुख सहित ३ जनालाई संक्रमण पुष्टी भएपछी केही दिनका लागी मालपोत कार्यालयमा सेवा प्रदान गरिने छैन । केही दिनदेखी कार्यालयमा अत्याधिक भिडभाड थियो । भिडभाड हुने क्षेत्रमा जोखिम बढी देखिएको छ ।

निषेधाज्ञालाई खुकुलो बनाईएसंगै भिडभाड बढ्दा जोखिम बढेको र नागरिकले सचेतना नअपनाउँदा यो अवस्था आएको सरोकारवालाहरुको भनाई छ । जोखिम उत्तिकै रहेकाले पुर्ण सुरक्षाका मापदण्ड अपनाउनु पर्ने अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए । ‘निषेधाज्ञा खुकुलो बनाईएको छ यसको मतलब जोखिम कम भयो भन्ने होईन, उनले भने,‘सबैले पहिले जसरी नै स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।’ धेरै नागरिकले संक्रमणका कारण ज्यान गुमाएकाले खेलवाड नगर्न उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?