८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीप आज वा भाेलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछाैँ’ उनले भने ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । उनी ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए ।

सन्दीप सम्मिलित टिमले यही जुलाई २२ मा पहिलो खेल खेल्दैछ । असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो ।

यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्याण्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?