८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

१४औं महाधिवेशन भव्य र सभ्य बनाउन लाग्नुस्: कांग्रेस सभापती मुस्कान

विरेन्द्र केसी ।
अर्घाखाँची । नेपाली कांग्रेसका सभापति विष्णु मुस्कानले आउँदो १४औं महाधिवेशन भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्ने काममा नेता तथा कार्यकर्तालाई रचनात्मक भुमिका खेल्न निर्देशन दिएका छन् । अधिवेशनलाई सफल पार्न सक्रिय हुन सबैलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस अर्घाखाँचीको बैठकलाई सम्बोधन गर्दै सभापति मुस्कानले पाटी केन्द्रले निर्देश गरे बमोजिम जिल्ला, क्षेत्र, पालिका र वडाको अधिवेशन सम्पन गर्न सबै सक्रियतापुर्वक लाग्न कार्यकर्ता अनुरोध गरे ।

बैठकमा पुर्व पार्टी सभापती एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले अधिवेशनलाई ऐतिहासिक रूपमा सफल पर्न सबै पाटीपंत्ती लाग्नुपर्ने बताए । उपसभापति शान्ता भण्डारीले पाटीको हरेक नेतृत्वको लागि महिला अझ सक्रिय हुनुपर्ने बताइन् । बैठकमा जिल्ला सचिवद्वय छविलाल पौडेल, विष्णुप्रसाद भुसाल,जिल्ला सदस्यहरू, महासमिति सदस्य सुर्यप्रसाद अधिकारी केशव श्रेष्ठ, यादवप्रसाद घिमिरे, लेखनाथ पोखरेल लगायत महाधिवेशन प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधिले अधिवेशनलाई सफल पार्न लाग्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?