८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

प्रियांकाको जन्मदिनमा १३ हजार पाउण्डको वाईन गिफ्ट

एजेन्सी । बलिउड नायिका प्रियंका चोपडाले सोमबार आफ्नो जन्मदिन मनाइन् । प्रियंकाको जन्मदिन विभिन्न कारणले विशेष बन्यो । तर, उनका श्रीमान् निक जोनसले उनका लागि दिएको गिफ्ट भने यतिबेला सामाजिक संजालमा सर्वाधिक चर्चामा छ ।

निकले प्रियंकाको लागि वाइन गिफ्ट गरेका थिए । तर, यो वाइन चर्चामा रहनुका कारण यसको मुल्य हो । आफ्नो ३९ औं जन्मदिनमा निकले महंगो मुल्यको गिफ्ट पठाएपछि प्रियंकाले धेरै माया भन्दै इन्स्टाग्राममा फोटो शेयर गरेकी छिन् । निकले अमेरिकाबाट प्रियंकालाई १९८२ शेटो मुटेन रोथशील्डको वाइन पठाएका थिए । यो दुर्लभ वाइन फ्रान्सको बोर्डोमा बनाइन्छ । यसको मुल्य १० हजारदेखि १३ हजार पाउन्ड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो वाइन लिलामीमा मात्र पाउन सकिन्छ ।

प्रियंका छायांकनका क्रममा लण्डनमा छिन् । यसैले, उनलाई उनका पति निकले विशेष उपहार अमेरिकाबाट पठाएका हुन् । बलिउड चलचित्रमा काम गर्दा गर्दै हलिउड यात्रामा लागेकी प्रियंका निकसँग बिहेपश्चात अमेरिकामा नै घरजम गरेर बसेकी छिन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?