१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

वेस्ट इण्डिजसँगको एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

एजेन्सी । वेस्ट इण्डिजसँगको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । यो जितपछि तीन खेलको एकदिवसीयमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले घरेलु टोली वेस्ट इण्डिजलाई डीएल पद्धतीमा १ सय ३३ रनले हराएको हो । अष्ट्रेलियाले दिएको २ सय ५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इण्डिज २६ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो । वेस्ट इण्डिजका केइरन पोलार्डले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । जोश हाजलउडले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । तर डीएल पद्धतिको आधारमा वेस्ट इण्डिजले २ सय ५७ रनको लक्ष्य पाएको थियो । अष्ट्रेलियाका कप्तान एलेक्स केरीले ६७ रनको अर्धशतकीय पारी खेले । वेस्ट इण्डिजका हेडन वाल्सले ५ विकेट लिए । अकिल हुसेन र अल्जारी जोशेफले २-२ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?