१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

झलनाथको उपचार खर्च सरकारले बेहोदैंन : गगन थापा

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापाले एमाले बरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने कुरा कानुनबाट बर्जित रहेको बताएका छन् ।

जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने व्यवस्था भएको र र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको अवस्थामा वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन् । कानूनको यो व्यवस्थाको सम्बन्धमा प्रधानमन्त्री देउवा पनी प्रष्ट भएको उनको भनाई छ ।

सामाजिक संजालमा अनेक कुरा उठेको भन्दै नेता थापाले विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाएर उनको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उनी र उनको परिवारलाई दुःखी नबनाउन आग्रह गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याएका खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको भन्दै थापाले खनालको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?