१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

पुष्प र पलको मित्रता

नायक पुष्प खड्का र नायक पल शाह म्युजिक भिडियोबाट चलचित्रमा आएका हुन् । दुबै जना भिडियोमा जमेपछि चलचित्रमा प्रवेश गरे । उनीहरुको चलचित्र यात्रा पनि सुखद छ । झट्ट हेर्दा पल र पुष्प एक अर्काका प्रतिस्पर्धी मानिन्छन् ।

तर, वास्तविक जीवनमा उनीहरुविचमा प्रतिस्पर्धाको कुनै पनि भावना छैन । बुधबार ‘कमेडी च्याम्पियन’मा एकसाथ पुगेका पल र पुष्पले आफूहरु असल मित्र भएको बताए ।

हालै मात्र पुष्पले महंगो रकममा गाडी खरिद गरेका छन् । पुष्प आफूले जीवनमा ठूलै कुरा सोच्ने र त्यसलाई प्राप्त गर्न मिहिनेत पनि गर्ने बताउँछन् । सोही गाडीमा पल र पुष्प एकसाथ च्याम्पियनको सेटमा पुगेका थिए । पलले भने–‘पुष्पले गाडी किन्दा म निकै नै खुशी भएको थिए । पुष्पलाई फोन गरेर बधाई दिएँ । मलाई उनले गाडी किन्दा आफैले किने जस्तो महशुश भएको छ । किनकी, पुष्प र मलाई मिहिनेतको अर्थ राम्रोसँग थाहा छ ।’

आजको दिनमा पल म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका नायक हुन् । पुष्पलाई पनि दर्शकले भिडियोमा उत्तिकै रुचाएका छन् । चलचित्र बजारमा पनि यी दुइको माग उस्तै छ । चलचित्र क्षेत्रमा लागेर एक अर्कासँग व्यापारिक प्रतिस्पर्धा गर्दा कलाकारविच दुश्मनी बढेको देखिन्छ । तर, पल र पुष्पविचको मित्रता भने लोभलाग्दो छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?