१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

श्रमको कदर गर्दै पाणिनी गाउँपालिका

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पाणिनी गाउँपालिका–२, पोखराथोक स्थित हरिहर संस्कृत तथा साधारण मावीमा झन्डै ३५ वर्ष सेवा गरेका लोकहरी गौतमलाई पालिकाले उपदान स्वरुप एकलाख ७४ हजार आठसय ५७ रुपैयाँको चेक र फुलमाला लगाएर बिदाई गर्‍यो ।

३४ वर्ष ११ महिना २३ दिन विद्यालयमा सेवा दिएका गौतमले उर्जाशिल समय विद्यालयमा समर्पित गरि अवकास पाएका हुन् । अस्थायी रुपमा अध्यापन गराएर अवकास हुदाँ रित्तो हात घर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पालिकाले प्रोत्साहन गरेपछी उनी दंग देखिन्थे । ‘स्थानिय सरकारले सहारा दिएको छ, खुशी हुँदै लोकहरीले भने,‘झन्डै ३५ वर्ष सेवा गरेको उपहार पाएको छु । धन्यवाद छ गाउँपालिकालाई ।’

पाणिनि गाउँपालिकाले न्युनतम पारिश्रमिक भएका अस्थाई शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई राहतकोषको व्यवस्था गरेको छ । अस्थाई शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास) कोष स्थापना गरी पारिश्रमिक कम भएका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप उपदानको व्यवस्था गरेको हो ।

न्युनतम पारिश्रमिकमा उर्जाशिल समय सेवा दिएका शिक्षक तथा विद्यालय कर्मचारीहरु अवकास हुँदा खाली हात नहुने भएका हुन् । संघिय र प्रदेश सरकारले कुनै प्रोत्साहनको व्यवस्था नगरेपनी स्थानीय सरकारले उपदानको व्यवस्था गरेपछी अस्थाई शिक्षक तथा विद्यालय कर्मचारीहरु खुशी भएका छन् । सेवा गरेको अवधीका आधारमा सम्मान स्वरुव उपदान दिईने व्यवस्था गरिएको पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।

गाउँ कार्यपालिकाबाट २०७७ माघ २१ गते शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास) कोष स्थापना तथा संचालन कार्यविधि–२०७७ बमोजिम पालिकाले उपदानको व्यवस्था गरेको हो । गाउँपालिकाले कार्यविधि बनाएर सम्भवतः देशमै नमुनाको रुपमा अस्थाई शिक्षक र विद्यालय कर्मचारीहरुलाई कोष स्थापना गरी सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए ।

जिवनभर न्युनतम पारिश्रमीकमा सेवा दिएका तर पेन्सन स्वरुप केही व्यवस्था नहुँदा उनीहरुले विभेद भएको महसुस गर्छन् । यस्ता शिक्षक र कर्मचारीहरुलाई सामाजिक तथा आर्थिक रुममा सुरक्षा गर्नुपर्ने दायित्व नेपाल सरकारले नलिने भएकाले यसको शुरुवात पालिकाले गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?