८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

प्युठान अस्पतालमा बिस्तारित सेवा सुचारु

प्युठान  । प्युठान अस्पतालमा अब जुनसुकै बेला पनि बिरामीले उपचार पाउने भएका छन् । अस्पतालमा तोकिएको समय सिमा पछि पनि सर्बसाधारणहरुले थोरै  शुल्क तिरेर जुनसुकै समयमा पनि विशेषज्ञ सेवा लिन पाउने भएका  प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिए।

ओपीडी सेवा अन्य सरकारी अस्पतालमा विहान १० बजे देखि साँझ ५ बजे सम्म कार्यालय समय अवधीमा मात्रै प्रदान गरिएको प्रदेशमै पहिलो प्यूठान अस्पतालले अव २४ शै घण्टा ओपीडीको सेवा प्रदान गर्ने छ ।

प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले सेवाको उद्घाटन गर्दै अस्पतालले सर्बसाधारणको लागि सेवा बिस्तार गरेकोमा खुसी ब्यक्त गरे । अब अस्पतालमा हरेक समय सुबिधा विशेष सेवा उपलब्ध हुने भएपछि जिल्ला बासी उपचारको लागि बाहिर जानू पर्ने बाध्यताको अन्त्य हुने बताए ।

अस्पताल बिकास समितिका अध्यक्ष सिद्धीमणि सुबेदिले अस्पतालमा सेवा बिस्तार गरेपछी सर्बसाधारणले सस्तो शुल्कमै विशेषज्ञ सुबिधा पाउने बताए ।उनले भने अब महँगो खर्चगरि निजि मेडिकल तथा अस्पतालहरुमा उपचार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर नवीन दर्नालले अस्पतालले बिस्तार गरेको सेवा सबैले प्रयोग गर्नु पर्नेमा जोड  दिए । उनले भने महँगो शुल्कमा हुने उपचार र कम शुल्कमा हुने उपचार एउटै हो हामिले उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले यो सेवा बिस्तार गरेका हौ । दर्नालले अब अस्पतालमा थोरै शुल्क तिरेर अस्पतालको सेवा लिन सकिने बताए । अस्पतालको समय पछि पनि थोरै शुल्क तिरेर बिरामीहरुले विशेषज्ञ सेवा नै पाउन सक्ने उनको भनाइ छ ।

अस्पतालमा अहिले स्त्री तथा प्रसुती ,नसा तथा हाडजोर्नी ,बालरोग , मानसिक ,जनरल सर्जरी लगायतका सेवा तथा सुबिधाहरु उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?