१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

बङ्गलादेशसँगको अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित

काठमाण्डाै । बङ्गलादेशसँगको पाँचौँ तथा अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित भएको छ । घरेलु टोली बङ्गलादेशले अस्ट्रेलियालाई ६२ रनमा अल आउट गर्दै श्रृङ्खला ४–१ ले जितेको हो । जितको लागि १ सय २३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १३ ओभर ४ बलमा ६२ रनमा अल आउट भयो ।

टी–ट्वान्टीमा अस्ट्रेलियाको यो सबैभन्दा कम रन हो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ तथा बेन म्याकडेरमोटले १७ रन जोडे । अरु खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बङ्गलादेशका शकिव अल हसनले ४ विकेट लिए । उनी टी–ट्वान्टीमा एक सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।

ढाकामा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । बङ्गलादेशका मोहम्मद नइमले सर्वाधिक २३ रन बनाए । अस्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियनले २/२ विकेट लिए । एस्टन टर्नर, एस्टन अगर र एडम जाम्पाले १/१ विकेट लिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?