१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना देखिएको छ । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने विषयमा निर्णय गर्न मुख्यमन्त्री पोखरेललाई एमाले संसदीय दलले अधिकार दिएको छ ।

प्रदेशदेखि केन्द्रमा नेतृत्व गर्ने एमालेका केही नेताहरुले अविश्वासको प्रस्तावको सामना गर्नुभन्दा राजीनामा दिएर नयाँ सरकार गठनको ढोका खोलिदिन सुझाव दिएका छन् । एमाले नेताको सुझाव र सत्तारुढ दल एमाले प्रदेश सभामा स्पष्ट अल्पमतमा रहेकाले विशेष अधिवेशन सुरु हुने दिउँसो १ बजे अगाडि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना बलियो छ ।

एमालेको विश्वस्त श्रोतले मुख्यमन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिने तयारी गरेको पुष्टि गरेको छ । दिउँसो साढे १२ बजे मन्त्री परिषदको बिहान बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको छ । मुख्यमन्त्रीको रुपमा बैशाख ६ गते पोखरेलले दोस्रो कार्यकाल सुरु गर्नुभएको थियो ।

पोखरेल सरकार विरुद्ध विपक्षी ३४ जना सांसदले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यही प्रस्तावको छिनोफानो गर्न प्रदेश प्रमुखले दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेका छन् ।

८० सदस्यीय प्रदेश सभामा एमाले सँग ३८ र विपक्षीसँग सभामुख सहित ४२ जना सांसद रहेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?