८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

पदमुक्त हुनासाथ मन्त्री आचार्यद्वारा सरकारी सुविधा फिर्ता

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएका चेतनारायण आचार्यले सरकारी निवास छाडेका छन्। नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष तथा प्रदेशसभा सदस्य आचार्यले मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएसंगै उपभोग गर्दै आएका सरकारी सुविधा फिर्ता गरेका हुन् ।

उनी तिन महिना ७ दिन मन्त्री भए । गत वैशाख २१ गते आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । पदमुक्त भएलगत्तै आचार्यले आन्तरिक मामिला मन्त्रालयका अधिकृतहरुलाई आवासको साँचो, गाडी र अन्य सामग्री बुझाएको आचार्यका स्वकीय सचिव प्रदिप नेपालीले जानकारी दिए । उनी पदमुक्त भएसंगै बुधवार नै आफ्नो डेरामा सरेका हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (75%)
  • दुःखी (25%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?