२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अर्घाखाँची अपडेट: एकैदिन १५४ संक्रमित थपिए, कारागारमा मात्र ६४ जना संक्रमित

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा बिहिवार एकैदिन १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाका पाँच स्थानियतहमा १ सय ५४ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रसासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सन्धिखर्क नगरपालिकाका ७७ जना, भुमिकास्थान नगरपालिकाका २७ जना, शितगंगगा नगरपालिकाका १ जना, मालारानी गाउँपालिकाका ४० र पाणिनी गाउँपालिकाका ९ जना गरी १५४ जनामा संक्रमण पुष्टी भएको हो । यससंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ८८ पुगेको छ । आजै १०१ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ९ सय १४ पुगेको छ । जसमध्ये ३ हजार ४७ जना निको भएका छन् । ७९ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

आज अर्घाखाँची कारागारका ६० जना कैदीबन्दीमा एकैपटक कोभिड संक्रमण पुष्टि भएको थियो । सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोभिड पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?