१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

अर्घाखाँची कारागारलाई व्यवस्थित बनाईयोस्: पुष्पा भुसाल

अर्घाखाँची । पछिल्लो समय जिल्लाका अनेकौं समस्याका बारेमा अहिले सदनमा कुरा उठीरहेको छ । यस क्षेत्रकी प्रतिनिभीसभा सदस्य पुष्पा भुसालले जिल्लाका समस्यका बारेमा सदनलाई जानकारी गराउँदै आएकी छिन् ।

शुक्रवारको प्रतिनिधीसभा बैठकमा सांसद भुसालले अर्घाखाँची कारागारको जिर्ण अवस्था बारे जानकारी गराएकी छिन् । संसदको विशेष समयमा बोल्दै सांसद भुसालले खुला कारागारका विषयमा मुलुकी संहिता ऐन, फौजदारी संहिता ऐनमा व्यवस्था भएपनी व्यवहारमा नितीहरु कार्यान्वयन नगरिएको गुनासो गरिन् ।कारागारको पुननिर्माणमा पहल गर्न उनले सदन मार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

कारागारको अवस्था २०७१ सालदेखी दयनिय छ । कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदिबन्दी राखिएकाले विहिवार त्यहाँ एकैपटक ६० जनामा कोरोना संक्रमण देखा परेको थियो । पच्चीस जना कैदिको क्षमता रहेको कारागारमा दोब्बर बढी कैदिबन्दी कोचाकोच भएर बस्न बाध्य छन्। विसं. २०४५ सालमा निर्माण गरिएको कारागार द्वन्दकालमा क्षतीग्रस्त भएको थियो। टालटुल पारेर २०७१ सालदेखी यहाँ कैदिबन्दी राख्न सुरु गरिएको हो।

धेरै पटक सञ्चार क्षेत्रले यो विषय उजागर गरेपनी तिनै तहका सरकारको प्राथमिकतामा परेको थिएन ।

तपाईको प्रतिक्रिया
  • खुसी (89%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?