१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

बाबुले चलाएको बन्दुकको छर्रा लागेर छोराको मृत्यु

पाल्पा । पाल्पामा एक व्यक्तिले स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ ।

जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुकको छर्रा लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

शुक्रबार साँझ बारीमा स्याल धपाउन बन्दुक प्रहार गर्दा धनबहादुरको टाउकोमा छर्रा लागेको प्रहरीको भनाई छ । घर नजिकैको मकैबारीमा आएको स्याललाई ताकेर भरुवा बन्दुक पड्काउने क्रममा अचानक आफ्नै छोराको टाउकोमा छर्रा लागेर मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । कर्णबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी त्वातीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?